निस्किएन निस्कर्ष फेरी बस्ने भन्दै सकियो ओली दाहाल छलफल

0
17

काठमाडौँ – विवाद समाधानका लागि भन्दै नेकपाका दुई अध्यक्षबीचको भएको छलफल सकिएको छ । सहमतिको प्रयासका लागि भन्दै ६ दिनपछि मंलगलबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच उक्त छलफल भएको थियो । मंगलबार ओली र दाहालबीच करिब सवा घण्टा वार्ता भएको थियो ।
छलफललाई निरन्तरता दिने सहमति दुई अध्यक्षबीच भएको छ । दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार दुई अध्यक्षबीच बिहीबार फेरि छलफल हुने भएको छ ।
यसअघि आइतबार, सोमबार, मंगलबार र बुधबार ओली र दाहालबीच भेटवार्ता भएको थियो । तर, निकास ननिस्किएपछि नेकपाको स्थायी कमिटी बैठक लगातार स्थगित हुँदै आएको छ ।
पछिल्लो पटक साउन २ गतेसम्मका लागि बैठक स्थगित भएको छ । बहुमत सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा मागेपछि नेकपाको शक्ति संघर्ष उत्कर्षमा छ ।
यही विवादले पार्टी फुटको नजिक पुग्न लागेपछि सहमतिको प्रयासका लागि भन्दै दुई अध्यक्षबीच छलफल हुँदै आएको हो ।
पछिल्लो पटक दुवै अध्यक्षले हतार नगरी सहमति जुटाउने सार्वजनिक अभिव्यक्ति दिएका छन् । तर, एक अर्काप्रतिका आश‌ंका भने उस्तै छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here