अविरल वर्षापछि आएको पहिरोमा परी म्याग्दीमा ३२ जनाभन्दा बढी बेपत्ता

0
123

म्याग्दी – अविरल वर्षापछि आएको पहिरोमा परी म्याग्दीमा दर्जनौं घर पुरिनुका साथै ३२ जनाभन्दा बढी बेपत्ता भएका छन् ।
धौलागिरि र मालिका गाउँपालिकामा पहिरो गएको हो । धाैलागिरि–६ मराङमा भीम जुग्जाली, धनबहादुर जुग्जालीको परिवारमा मात्र कम्तीमा ७ जना बेपत्ता भएको बताइएको छ । पहिरोले बस्तीसँग यातायात सम्पर्क विच्छेद भएकाले कति क्षति भयो भन्ने अझै यकिन भइसकेको छैन । पहिरोमा फसेकाको उद्धार पनि हुन सकेको छैन ।
त्यसै गरी मालिका गाउँपालिका–७ बिमको तल्लोगाउँ तथा भारवाङमा गएको पहिरोमा परी सोमनाथ शर्मा पौडेलकी पत्नी विष्णु शर्मा (३५) र इच्छा पौडेल (५) सहित कम्तीमा ८ जना बेपत्ता भएका बताइएको छ ।
‘बिमको पहिरोमा कम्तीमा ८ जना बेपत्ता भएको जानकारी आएको छ । वारिपारि दुवैतर्फ पहिरो गएको र बाढी आएकाले प्रहरीसमेत घटनास्थल पुग्न नसकेको बताइएको छ र उद्धारका लागि , ‘हेलिकोप्टरको सहयोग मागिएको छ । घटनास्थल पुग्न उपायको खोजी भइरहेको छ ।’
पहिरोमा मराङको घन्टवाङ र मालिकाको बिममा थुप्रै व्यक्ति बेपत्ता हुनुका साथै ३० जनाभन्दा बढी फसिरहेको जानकारी रहे पनि खराब मौसमका कारण उद्धारका लागि हेलिकोप्टर उड्न नसकेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
‘पहिरोले बस्ती पूरै घेरिएकाले प्रहरी र स्थानीय उद्धारकर्तासमेत घटनास्थल पुग्न सकेका छैनन् । बेपत्ता र क्षतिको विवरण फोनको भरमा टिपेका छौं । पुष्टि भइसकेको छैन,’ प्रमुख जिल्ला अधिकारी भन्छन, ‘उद्धारका लागि गृहसँग हेलिकोप्टरको सहयोग मागेका छौं ।’ त्यसै गरी बाढीका कारण गलेश्वरस्थित राघुघाट खोलाको बेलीब्रिज बगेको छ । पुल बगाएपछि बाढी पिप्लेगलेश्वर बस्तीतर्फ सोझिएको छ । रघुगंगा, अन्नपूर्ण गाउँपालिका तथा मुस्ताङ जिल्ला अब यातायात सम्पर्कबाट पूर्ण विच्छेद भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here