भक्तपुरमा इनारबाट ग्यास निस्किदा महिलाको अनुहार जल्यो

0
19

काठमाडौं – इनार पूजा गर्ने क्रममा भक्तपुरमा एकजना महिला जलेर घाइते भएकी छिन। भर्खरै खनेको इनारमा पूजा गर्ने क्रममा सलाइ कोर्नासाथ इनारबाट निस्केको ग्यासहितको आगोको लप्काले उनको अनुहारसहित केही भाग जलेको हो ।
उदयपुर स्थायी घर भएकी उनले केही समयअघि मात्र त्यहाँ घर खरिद गरी कमाउण्डमा इनार खनेकि थिइन् । इनारमा अहिले पनि ग्यासको प्रवाह निरन्तर भइरहेको छ । सलाइ कोर्नासाथ ठूलो आवाजसहित इनारको ढकनी नै उछिट्याएर ग्याससहित आगोको लप्का निस्किएको थियो । सो वडाका वडाअध्यक्ष शिवहरि केसी र प्रहरी टोलीले घटनास्थल पुगेर घटनाका बारेमा जानकारी लिएका छन् ।
घटना चाँगुनारायण नगरपालिका–२ हिन्दुनगरमा भएको हो। घाइते ४२ वर्षीया जमुना राई रहेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here