बैबाहिक बन्धनमा बाँधिए अर्जुन दुर्गा

0
169

काठमाडौं – लोकप्रिय संगीतकार अर्जुन पोख्रेल बैबाहिक बन्धनमा बाँधिएका छन्। उनले लोकप्रिय गायिका दुर्गा खरेलसँग आजै लगनगाँठो कसेका हुन्।
काठमाण्डौको एक मन्दिरमा अर्जुन र दुर्गाले सिमित आफन्त र साथीभाइको उपस्थितीमा बिहे गरेका हुन् । अर्जुन र दुर्गा विगत ७ बर्षदेखि अनुराग संगीत विद्यालयमा एक साथ काम गर्दै आएका थिए । यी दुइले आफूहरु एक अर्काको जीवनसाथी बन्दा दुबैलाई राम्रो हुन्छ भन्ने महशुश भएपछि बिहे गर्ने निर्णय गरेको बताइएको छ।
संगीतकार पोखरेलले बैसाखामै बिहे गर्ने योजना बनाएपनि कोरोना भाइरसका कारण भएको लक डाउनले गर्दा बिहे हुन सकेन र असारपछि बिहेको लगन एकैचोटी मंसिरमा भएकाले पनि उनीहरुले असारमै बिहे गर्ने निर्णय गरेको बुझिएको छ । सरकारले बनाएको नियमलाई पालना गर्दै उनीहरुले आज बिहे गरेका हुन्। उनले अवस्था सामान्य भएपछि चलचित्रकर्मी र आफन्तका लागि बिहेको पार्टी दिने वा सामाजिक कार्य गर्ने भन्ने बिषयमा आफूहरुले छलफल गर्ने बताएका छन् ।
अर्जुन र दुर्गालाई बैबाहिक जीवनको धेरै धेरै शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here