लोकदोहोरी प्रतिष्ठानले खोल्यो लोक संगीत सहकारी

0
419

काठमाडौं – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले हरिसयनी एकादशीको दिनको शुभसाईत पारि एक सहकारी सन्स्थाको स्थापना गरेको छ । टोखानगरपालिकाको सहकारी ऐन २०७५ को दफा ६ बमोजिम श्री लोक संगीत बहुउदेश्यीय सहकारी संस्था लिमिटेड दर्ता गरि स्वीकृत विनिमय सहित यो प्रमाण पत्र प्राप्त गरिएको हो।
गत चैत्र महिना देखिनै संञ्चालनमा ल्याउने प्रयास गर्दा गर्दै पनि कोरोनाको कारण सहकारी खोल्न ढिला भएको प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले आफ्नो फेसबुकमार्फत जानकारी दिएका छन्। सहकारीको नाम भने लोक संगीत बहुउद्धेश्यीय सहकारी रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here