कोरोना संक्रमित ४५ दिने शिशुको उपचारका क्रममा मृत्यु

0
16

काठमाडौं – कोरोना संक्रमण देखिएका ४५ दिने शिशुको उपचारका क्रममा मृत्यु भएको छ । घाँटीमा समस्या देखिएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका उनमा शल्यक्रियाअघि परीक्षण गर्दा मंगलबार कोरोना संक्रमणको पुष्टि भएको थियो ।
उनको बुधबार साँझ मृत्यु भएको त्रिवि शिक्षण अस्पतालका कोभिड संयोजक सन्तकुमार दासले जानकारी दिएका छन् ।
उनको बुबा, आमा र फुपुमा कोरोना संक्रमण परीक्षण गर्न नमुना सं‌कलन गरी पठाइएको समेत बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here