पूर्व मन्त्री बाँस्कोटाको घरमा विस्फोट गराएको अभियोगमा एकजना पक्राउ

0
24

काठमाडौं- पूर्वसूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको घरमा विष्फोट गराएको अभियोगमा एकजनालाइ प्रहरीले पक्राउ गरेको छ । उनलाई भक्तपुरबाट पक्राउ गरिएको हो पक्राउ पर्ने ब्याक्ति नेत्रविक्रम चन्द समूहका भक्तपुर जिल्ला इञ्चार्ज विजय शाही भनिने ऐनबहादुर शाही रहेको बताइएको छ।
भक्तपुर प्रहरीका डीएसपी दिपक गिरीका अनुसार विस्फोटबारे अनुसन्धानका लागि पक्राउ गरिएको हो। शाहीलाई महानगरीय प्रहरी वृत्त, ठिमीमा राखिएको छ। ‘पूर्वमन्त्रीज्यूको घरमा भएको विष्फोटबारे अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको हो, ‘ उनीबारे थप अनुसन्धान गरिरहेका छौं,’ डिएसपी गिरीले भने।
गत २८ फागुनमा मनहरा फाँटस्थित बाँस्कोटाको निर्माणाधीन घरमा विप्लव समूहले विष्फोट गराएको थियो। घटनामा संलग्नताको आरोपमा त्यतिवेलै एक जना पक्राउ परेको भए पनि संलग्नता पुष्टि नभएपछि छुटिसकेका छन्। प्रहरीले शाहीलाई पक्राउ गरेपछि उनको संलग्नताबारे अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here