काठमाडौंमै आइपुग्यो सलह, नआत्तिन विज्ञको सुझाव

0
196

काठमाडौँ – हिँज मात्र तराई क्षेत्रमा प्रवेश गरेको सलह काठमाडौं उपत्यकाको लतिलपुरमा प्रवेश गरेको विज्ञहहरुले बताएका छन् । मनसुनको बेला भएको हुँदा पानी परिरहेको र सलहको झुन्ड समेत कम संख्याको भएको हुँदा किसानलाई नआत्तिन समेत सुझाब दिएका छन् ।
यस्तै सलहको प्रभाव कम गर्न दिउँसोको समयमा नेट(जाली)को प्रयोग गर्न नार्कका किट विज्ञ सुदिप उपाध्यायले आग्रह गरेका छन् । रातिको समयमा कृषि क्षेत्रमा सलह भेटिएमा रासायानिक मल प्रयोग गर्न सकिने पनि उनले बताएका छन् ।
नेपालमा सलहले पार्न सक्ने प्रभाव र राेकथामबारे रणनीति तयार पार्न कृषि मन्त्रालयमा कृषि तथा पशुपक्षी विज्ञहरुको बैठक जारी रहेको छ । कार्यदलको बैठकपछि नै थप विवरण सार्वजनिक गरिने पनि श्रोतले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here