आजदेखि ३ करोड नाघ्याे नेपालको जनसंख्या, कति पुग्यो हेर्नुहोस

0
325

काठमाडौँ – आजदेखि नेपालकाे कुल जनसंख्या ३ कराेड नाघेकाे छ । केन्द्रीय तथ्यांक विभागकाे जनसंख्या घडीअनुसार नेपालको जनसंख्या ३ करोड ६३४ पुगेको हाे । राष्ट्रिय जनगणना २०६८ को आधारमा यो जनसंख्या घडी निर्धारण गरिएको हो ।
जन्म, मृत्युदर तथा बसाइँसराइँकाे स्थिति हेरेर जनसंख्या घडी निर्धारण गरिन्छ । यहिँ मापनका आधारमा तय गरिएकाे नेपालकाे जनसंख्या घडीले नेपालकाे जनसंख्या आजबाट तीन करोड नाघेको देखाएकाे हाे ।
स्राेतका अनुसार मध्यजनसंख्या सिद्धान्तकाे अाधारमा हरेक वर्षको जुन २२ लाई आधार बनाएर निर्धारण गरिन्छ । नेपालमा पछिल्लाे समय जन्मदर घट्दो क्रममा रहे पनि आन्तरिक बसाइँसराइँ र अन्तरदेशीय बसाइँसराइँले नेपालको जनसंख्या बनोटमा अस्थिर बनेको छ ।
नेपालमा पहिलाेपटक विसं १९६८ सालमा जनगणना सुरू भएकाे थियाे । त्यसयता प्रत्येक १० वर्षकाे अवधिमा राष्ट्रिय जनगणना हुँदै आएको छ । अर्काे राष्ट्रिय जनगणना आउँदो साल २०७८ मा सम्पन्न गर्ने विभागकाे याेजना रहेकाे छ । विभागले हरेक जनगणनाकाे बाह्रौं श्रृंखला २०७८ सालकाे जेठ २५ देखि असार ८ गतेसम्म सञ्चालन हुने जनाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here