पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

0
18

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण ललितपुरको पाटन अस्पतालमा उपचाररत ५० वर्षीय एक पुरुषको मृत्यु भएको छ । उनको बिहीबार विहान ७ बजेतिर मृत्यु भएको हो । पाटनमा कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले पुष्टि गरेका छन् ।
उनि चितवन घर भई ललिपुरको महालक्ष्मी स्थानमा बस्दै आएका थिए । यस्तै उनको पाँच महिना अगाडि मिर्गौला प्रत्यारोपण गरिएको समेत बताइएको छ । उनलाई कोरोना संक्रमणको पुष्टि भएपछि पाटन अस्पतालको आइसोलेसन सेन्टरमा उपचार हुँदै आएको थियो ।
यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here