विश्वभर करिव ४० लाख संक्रमितले कोरोना जितेर फर्किए घर

0
140

काठमाडौँ – कोरोना भाइरसबाट संक्रमित हुनेहरुको सख्या विश्वमा ८१ लाख ५३ हजार २ सय ४१ पुुगेको छ । यस्तै कोभिड १९ का कारण ४ लाख ४१ हजार ४ सय ३९ जनाले ज्यान गुमाएका छन् भने ३९ लाख ४५ हजार ४ सय ४८ जनाले कोरोना जितेर घर फर्किएको जोन्स् हप्किन्स् विश्वविद्यालयले आफ्नो तथ्यांकमा उल्लेख गरेको छ ।
सबैभन्दा धेरै अमेरिकामा २१ लाख ३६ हजार ४३ जना संक्रमित बनेका छन् । ब्राजिलमा ९ लाख २३ हजार एक सय ८९ जना संक्रमित भएको विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ । अमेरिकामा नै सबै भन्दा धेरै संक्रमित उपचारपछि घर फर्किएका छन् ।
अमेरिकामा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या एक लाख १६ हजार ९ सय १७ पुगेको छ । कोभिड १९ संक्रमणको दर बढी रहेको मूलुकमा भारत चौथो स्थानमा रहेको छ । भारतमा ३ लाख ४३ हजार ९१ जना कोरोनाबाट संक्रमित भएका छन् भने ९ हजार ९ सय जनाले ज्यान गुमाइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here