नेपालमा कोरोना संक्रमितको संख्या ४१पुग्यो : एकैदिन थप १०जनामा संक्रमणको पुष्टि

0
29

काठमाडौं  – थप १० जनामा कोरोना भाइरसको पुष्टि भएसंगे नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४१ पुगेको छ । कुल ४१ जना मध्ये आज थपिएको सहित उदयपुरमा मात्रै संक्रमितको संख्या २३ पुगेको छ र त्यहाँको एक मस्जिदमा रहेका एक दर्जनभन्दा बढी मानिसमा यसअघि नै कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो।
आज थपिएका मध्ये एकजनाको सङ्क्रमणको पुष्टि स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत् मङ्गलवार दिउँसो गरिएको थियो। भने
साँझ थप ९ जनामा पनि सङ्क्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here