भारतमा फेरि लकडाउन लम्ब्याइयो लकडाउन वैशाख २१ गतेसम्म

0
18

काठमाडौं- भारतमा वैशाख २१ गते (३ मे) सम्मका लागि फेरि लकडाउनको समय थपिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार बिहान राष्ट्रको नाममा सम्बोधनको क्रममा यस्तो घोषणा गरेका हुन् । उनले सबैसँगको सल्लाह र सुझावका आधारमा यस्तो निर्णय लिएको बताएका छन् ।
मोदीले लकडाउन बढाएपछि पहिलाको भन्दा पनि बढी सतर्कता अपनाउनुपर्ने बताएका छन् । उनले यसमा थप कठोरता लागू गरिने बताएका छन् । मोदीले वैशाख ८ (२० अप्रिल)सम्म लकडाउनको कति पालना भइरहेको छ त्यसको मूल्यांकन लगातार गरिने समेत् बताएका छन् ।
यस्तै मोदीले यदि लकडाउन राम्रोसँग पालना गरिए वैशाख ८ पछि केही छुट दिइने पनि बताएका छन् ।
तर उनले यी छुट अत्यधिक शर्तसहित लागू गरिने बताएका छन् । यद्यपि, यदि कुनै पनि इलाकामा कोरोनाको संक्रमण देखिन्छ भने ती अनुमती पुनः फिर्ता लिइने समेत् बताएका छन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here