स्वास्थ्यमा सुधार भएसंगै बेलायती प्रधानमन्त्री लाई आईसीयूबाट निकालियो

0
53

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९)को उपचारको क्रममा आईसीयूमा रहेका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई बिहीबार आईसीयूबाट बाहिर निकालिएको छ । तर, अझै केही दिन उनी अस्पतालमा नै बस्नेछन् । बीबीसीले जनाए अनुसार लण्डनस्थित सेन्ट थम्सन अस्पतालमा आइतबारदेखि उनको उपचार भइरहेको छ ।
जोन्सनको अवस्थामा सुधार आएसँगै उनलाई आईसीयूबाट बाहिर निकालिएको हो । जोन्सनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको १० दिनपछि उनी आइतबार अस्पताल भर्ना भएका थिए । सोमबार उनलाई आईसीयूमा राखिएको थियो । यद्यपि उनलाई भेन्टिलेटरमा भने राख्नुपरेको थिएन । यस्तै उनी आईसीयूबाट बाहिर आएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो निकै ठूलो समाचार रहेको प्रतिक्रिया समेत दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here