तीनमहिनापछि सञ्चालनमा आयो तातोपानी नाका

0
48

नेपालको चीनसँगको प्रमुख सीमानाका तातोपानी पुनः सञ्चालनमा आएको छ। गत माघ १३ गतेदेखि उक्त नाका बन्द भएको थियो।
कोभिड —१९ को जोखिम हुन नदिन नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरी बुधबारदेखि नाका खोलिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिएका छन ।
बुधबार १९ बाकस मास्क र १० बाकस सेनिटाइजर भित्रिएको समेत जनाइएको छ। अत्यावश्यक सामग्री आयात गर्न नाका खोलिएको उनले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here