सन्जु न्यौपानेको ‘चाँदी कहाँ होला’ दर्शकको रोजाइमा [भिडियो ]

0
190

काठमाडौँ  – छोँटो समयमै नेपाली लोकदोहोरी क्षेत्रमा स्थापित गायिका सन्जु न्यौपानेको नयाँ गीत ‘चाँदी कहाँ होला’ ले सार्वजनिक भएको छोटो समयमै धेरै दर्शक श्रोताहरुको मन जित्न सफल भएको छ्। गायिका सन्जु र गायक रविन लामिछानेको स्वर रहेको गीतमा , नवराज पन्तको शब्द र प्रकाश पराजुलीको संगीत र कृष्ण वि.क भान्जाको संगीत संयोजन रहेको छ । ‘चाँदी कहाँ होला’ को भिडियोमा दुर्गेश थापा, ओबी रायमाझी, जुना गुरुङ, निशा न्यौपानेको अभिनय रहेको छ । करन चैंसिरले छायाँकन गरेको म्यूजिक भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् । भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् । सञ्जु न्यौपानेको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियोलाई २ हप्तामा ५ लाख भन्दा धेरै पटक हेरिएको छ।
दर्जनौ गीत गाएसँगै उतिकै संख्यामा मोडलिङ गरेकी उनै बहुप्रतिभाशाली कलाकार सन्जुलाई गायिका भनेर चिनाउने गीत भने ‘डाली नुहेछ, हेर्दा हेर्दै बिहे गर्ने उमेर पुगेछ’ हुन। उनले दर्जनौं म्यूजिक भिडियो, केहि टेलिफिल्महरुमा समेत अभिनय गरिसकेकी छिन् । त्यस्तै ठुलोपर्दाको चलचित्र ‘निर्भय’मा समेत उनले आफ्नो कला कौशल प्रस्तुत गरेकी छिन् ।
संगीतक्षेत्रमा समर्पित भएको छोटो समयमा नै देश तथा विदेशका विभिन्न कार्यक्रमहरुमा समेत प्रस्तुति दिएकी सन्जु गायन र मोडलिङमा एकसाथ अघि बढीरहेकी छिन् । तर उनलाई मोडल भन्दा गायिका भन्दा आनन्द आउने बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here