प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण बुधबार हुँदै

0
28

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मिर्गौला प्रत्यारोपण गर्ने भएका छन् । आइतबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्‍त्री ओलीले उक्त जानकारी दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।
नेकपा अध्यक्ष समेत रहेका ओलीको शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपण गरिने छ। त्यसका लागि ओली सोमबारनै अस्पताल भर्ना हुने बताइएको छ।
ओलीले नियमित फलोअप त्रिवि शिक्षण अस्पतालमै गर्दै आएका छन्।
प्रधानमन्त्री ओलीको १३ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । ६ वर्षअघि उनको हातमा पनि संक्रमण भएको थियो । दिल्ली र थाइल्यान्डमा लामो उपचार गरेपछि निको भएका उनी नियमित फलोअपमा थाइल्यान्ड जाने गरेका थिए ।
पछिल्लो समय भने प्रत्यारोपित मिर्गौलाले पनि काम गर्न छोडेपछि उनको नियमित डायलासिस गर्न थालिएको थियो। शिक्षण अस्पतालमा उनको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्ने तय भएपनि प्रधानमन्त्रीलाई कसले मिर्गौला दिन लागेको हो भन्ने बारे केही खुलाइएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here