चमेली फूलका साथमा आए प्रथम गुल्मी तारा बिशाल श्रेष्ठ (हेर्नुहोस भिडियो)

0
551

काठमाण्डौ – प्रथम गुल्मी तारा, गायक बिशाल श्रेष्ठ यतिखेर आफ्नो, करिब एकदशक अघिको गीतको म्युजिक भिडियो लिएर बजारमा आएका छन् । एक दशक अघि श्रेष्ठलाई प्रथम गुल्मी तारा कार्यक्रममा बिजेता घोषित भएबापत नगद,पुरस्कार र एउटा एल्बममा लगानी आयोजक टीम गुल्मी उद्योग बाणिज्य संघले गरेको थियो । सोहि एल्बममा समाबेस गीत हो यो।
यस एल्बमका गीतहरु त्यो समयमा निकै नै चर्चामा आएका थिए तर सबै गीतको भिडियो भने गरिएको थिएन । अहिले आएर विशालले यो गीत अर्थात ”चमेली फूल माग माग बसायो र आएँ” को भिडियो बनाइ बिन्धयावासिनी म्युजिक प्रालि मार्फत सार्वजनिक गरेका हुन् ।
गीतमा लोकप्रिय गीतकार एबम संगीतकार राजकुमार ‘बगर’ को शब्द रचना अनि बरिष्ट संगीतकार स्व. बिजु बज्रको संगीत र संगीत संयोजन रहेको छ भने भिडियोमा डेनिशको छायांकन , गिरिश रिजाल ‘समिप’ को निर्देशन, दिपेन्द्र कल्पना लगायतका कलाकारहरुको अभिनय तथा टार्जन खँड्काको सम्पादन रहेको छ।
प्रथम गुल्मी तारा बिशाल श्रेष्ठ धेरै नै सम्भावना बोकेका गायक हुन् , श्रेष्ठलाई हाम्रो तर्फदेखी धेरै धेरै सफलताको शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here