सडक अबरुद्ध हुँदा उपप्रधान तथा रक्षामन्त्री पोखरेल सहित सयौं सवारी साधान र यात्री बीचबाटोमै अलपत्र

0
11

सिन्धुली – एक वृद्धलाई ठक्कर दिएर भागेको गाडी र चालकलाई पक्राउ गर्न माग गर्दै सिन्धुलीमा बीपी राजमार्ग अवरुद्ध गरिएको छ । सडक अवरुद्ध हुँदा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल पनि बाटाेमा रोकिएका छन् ।
कमलामाई नगरपालिकाको भिमादमा आजाद स्मृतिको कार्यक्रममा सहभागी हुन उपप्रधानमन्त्री पोखरेल सिन्धुली जाँदै थिए। उनी अहिले सुनकोशी गाउँपालिका स्थित मूलकोटमा रोकिएका छन्। करिब डेढ घण्टा अघिदेखि उनी त्यहाँ रोकिएका हुन्।
सिन्धुलीको गोलचक्कर गाउँपालिका ७ तल्लो बारा पलासेमा सोमबार बिहान गाडीको ठक्करबाट ५० वर्षीय नन्दलाल श्रेष्ठको मृत्यु भएको थियो। ठक्कर दिने गाडी र चालकको पहिचान हुन सकेको छैन्।
इलाका प्रहरी खुर्कोटकी प्रहरी निरीक्षक शान्ता वाइबाले ठक्कर दिने गाडीको खोजी कार्य जारी रहेको जानकारी दिइन्।सडक अवरुद्ध हुँदा सयौं सवारी साधान र यात्री बीचबाटोमै अलपत्र परिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here