यस्तै हुँदोरैछ भन्दै आए राजनराज र बसन्ता प्रकृति (भिडियो)

0
343

काठमाडौं – गायिका बसन्ता प्रकृतिको नयाँ गीत यस्तै हुँदो रैछको म्यूजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायक तथा संगीतकार राजनराज शिवाकोटी र बसन्ताको स्वर रहेको गीतमा संगीत पनि गायक शिवाकोटीकै रहेको छ । जसमा शब्द शृजना लोकप्रिय गीतकार डाक्टर राजुबाबु श्रेष्ठको रहेको छ । प्रेम, रोमान्स र वैँशालु उमेरको कुरा गरिएको भिडियोलाई रोमाञ्चक शैलीले हरेक प्रेम जोडीले आफ्नै महशुस गर्नेगरी निर्देशन गर्न सफल देखिएका छन् निर्देशक प्रदिप श्रेष्ठ । अनुराग शर्मा, ऋचा थापा र रमेश शाहीको लोभलाग्दो अभिनय रहेको गीतमा कोरियोग्राफी पनि निर्देशक स्वयमले गरेका छन् । भिडियो सार्वजनिक भएपछि यसबाट राम्रो अपेक्षा गरेको गायिका प्रकृतिले बताएकी छिन् ।

कृपया भिडियो हेर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here