प्रणय दिवशको अवसरमा सार्बजनिक गरिएको”पागल प्रेमी”ले पायो राम्रो प्रतिक्रिया (भिडियो)

0
283

बिन्ध्यबासिनी म्युजिक प्रालिको प्रस्तुतीमा प्रणय दिवशको अवसर पारेर विन्ध्यवासिनी म्युजिक प्रालिकै अफिसियल युट्युव च्यानल मार्फत प्रकासित भएको लोकदोहोरो गीत ”पागल प्रेमी” लाइ दर्शक श्रोताहरुले बिभिन्न सामाजिक सनजालहरुमा राम्रो प्रतिक्रिया दिरहेको देख्न सकिन्छ ।
अत्यन्तै मार्मिक शब्द र मन छुने लय अनि स्वरले स्रिङ्गारिएको उक्त गीतको रचना टिका सुबेदीले गरेका हुन् भने चर्चित सर्जक तथा गायक ऋषि खड्काले लय बनाएका हुन् ।
पछिल्लो पुस्तामाझ अत्यन्तै चर्चामा रहेकी गायिका पूर्णकला बिसी र गायक टिका पौडेलको आवाजमा सजिएको उक्त गीतको भिडियो पनि उत्तिकै राम्रो बनेको छ । भिडियोमा अनिश खड्काको छायांकन, सम्पादन र निर्देशन रहेको छ भने सहायक निर्देशक मिलन क्षेत्री रहेका छन् ।
यस गीतको भिडियोमा उमेश खनाल, ज्ञानी छेत्री, पुन मगर र अनिल बस्नेतको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

कृपया गीतको भिडियो हेर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here