सादगी र निष्ठावान नेताको सम्झना

0
137

काठमडाौं- पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको स्मृति दिवस मनाइएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत पार्टीका शीर्ष नेताहरुले स्मृति दिवसका अवशरमा कोइरालाको फोटोमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गर्दै कोइरालाको सम्झना गरेका छन्।
२०७२ साल माघ २६ गते कोइरालाको निधन भएको हो। कोइराला २०६७ भदौ २५ मा नेपाली कांग्रेसको सभापति बनेका थिए। पार्टी सभापति रहेकै बेला उनको निधन भएको थियो।
२०७० साल माघ २७ गते देशका ३७ औं प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका कोइरालाले २०७२ असोज २३ गते पदबाट राजीनामा दिएका थिए। उनको कार्यकालममा देशले नयाँ संविधान पाएको थियो। उनलाई नेपाली राजनीतिमा सादगी र निष्ठावान नेताका रुपमा लिने गरिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here