दर्शक श्रोताको अत्याधिक मायाँ हात्तिढुङ्गालाई छोटो समयमै ट्रेण्डिङ्गको शिर्ष स्थानमा (प्रेमगीत ३ चैत्र २८)

0
310

काठमाडौँ – पछिल्लो समयमा नेपाली चलचित्र बजार व्हात्तै तातेको छ कारण हो चलचित्र प्रेमगीत ३ , अनि यसको मेकिङ्ग र गीतसंगीतको चर्चा।
नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समयमा सफल निर्माताको रुपमा उदाएका निर्माता सन्तोष शेनको निर्माण तथा लोकप्रिय निर्देशक छेतन गुरुङ र सन्तोष शेनको निर्देशन रहेको यस चलचित्रमा अभिनय नायक प्रदिप खड्का नव नायिका क्रिष्टिना गुरुङ , बरिष्ठ अभिनेता शिभ श्रेष्ठ , बरिष्ठ कलाकार सुनिल थापा र उनै निर्माता तथा निर्देशक सन्तोष शेन लगायतका कलाकारहरुको रहेको छ । यहि चलचित्रको एउटा गीत हालचालै प्रकाशनमा समेत आएको छ , नेपाल टेलिभिजनको लोकप्रिय कार्यक्रम झंकार लाइभ शो र OSR MOVIES को अफिसियल युट्युव च्यानल मार्फत एकसाथ प्रकाशन गरिएको हात्तिढुङ्गामा बोलको गीतलाई प्रकाशनमा आएको छोटो समयमै दर्शक श्रोताहरुले पनि अत्यन्तै माया डिरहेका छन र त्यहि मायाको फलस्वरूप गीत युट्युवको ट्रेण्डिङ्ग नंबर एकमा आउन सफल भएको छ जुन गीतमा सागर आले र मेलिना राइको आवाज हर्क साउदको शब्द , कल्याण सिंह को संगीत तथा गोपाल रसाइलिको मिठो संगीत संयोजन सुन्न सकिन्छ । गीतमा कोरियोग्राफी भने कविराज गहतराजको रहेको छ ।
चलचित्रको ट्रेलर र अर्को गीत पनि छिट्टै प्रकाशनमा ल्याउने निर्माण पक्षले जानकारी दिएको छ यस्तै चलचित्र भने चैत्र २८ बाट अल नेपाल प्रदशनमा आउनेछ । यो चलचित्रले नौलो इतिहाँस रच्नेमा कुनै शंका नरहेको विभिन्न चलचित्रप्रेमि मनहरुले प्रतिक्रिया समेत दिन थालिसकेका छन्।
राम्रो लगानी तथा मिहेनेतका साथ बनेको चलचित्र प्रेम गीत ३ यसका गीतसंगीत श्रष्टा कलाकार तथा सम्पूर्ण प्राबिधिक अनि परिवारलाई झंकार न्युजको तर्फदेखी धेरै धेरै सफलताको शुभकामना ।।।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,जय गीत जय संगीत,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

कृपया गीत हेर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला

https://youtu.be/UaeScocRNsQ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here