आजदेखि फेरि वर्षा र हिमपात

0
103

काठमाडौं  – नेपालमा फेरि पश्चिमी निम्न चापीय प्र्रणालीको प्रभाव सुरु भएको छ । निम्न चापीयको प्रणालीको असरले आइतबार र सोमबार सफा भएको मौसममा फेरि बदली सुरु भएको छ ।
मंगलबार भने पश्चिमी भूभागहरुमा सामान्य बदली भई अन्य भागमा आंशिक बदली हुनेछ ।
मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार मंगलबार दिनभरी देशका पश्चिमी भूभागहरुमा सामान्य बदली भई बाँकी क्षेत्रमा आंशिक र सामान्य बदली हुनेछ । यसैगरी, उच्च पहाडी तथा हिमाली क्षेत्रहरुको केही स्थानमा भने मध्यम हिमपात हुनेछ ।
त्यस्तै, पश्चिमका केही क्षेत्रमा र पूर्वी भूभागहरुका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।
मंगलबार राति भने देशको पश्चिमी, मध्य र पूर्वका पहाडी भूभागहरुमा सामान्य र बाँकी भूभागमा आंशिक बदली हुनेछ । उता, उच्च पहाडी र हिमाली भूभागहरुमा हल्कादेखि मध्यम हिमपात हुनेछ । भने पश्चिमका केही स्थान, मध्य र पूर्वी भूभागहरुका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here