महोत्तरीमा एक किशोरमाथि गोली प्रहार

0
30

महोत्तरी- महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–५ विसनपुर गाउँमा गए राति वनभोज मनाएर फर्किंदै गरेका एक किशोरमाथि गोली प्रहार भएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका बताए अनुसार जलेश्वर नगरपालिका–५ विसनपुर गाउँ बस्ने सुन्दर कापरका छोरा अन्दाजी १४ वर्षीय अक्षय कापरमाथि बुधबार राति ७ बजे गोली प्रहार भएको हो । छातिमा लागेको गोली प्रहारबाट किशोर कापर गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि बुधबार राति नै काठमाडौँस्थित टिचिङ अस्पताल लगिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिएका छन् ।
अंग्रेजी नयाँ बर्ष सन् २०२० को अवसरमा आफ्नै गाउँसँग टाँसिएर रहेको भारतीय सीमा नजिकैका साथीहरुसँग वनभोज मनाएर गाउँ फर्किंदै गरेका किशोरमाथि सोही गाउँमा बस्ने अन्दाजी ३९ वर्षको विनय सिंहले गोली प्रहार गरेको पीडितका परिवारजनले बताएका छन् ।
गोली प्रहार गरी विनय सिंह भारततर्फ फरार भएका छन् । गोली हान्ने व्यक्तिको पहिचान भइसकेको तथा उनको खोजीका लागि व्यापक रुपमा प्रहरी परिचालन गरिसकिएको समेत प्रहरी उपरीक्षक अधिकारीले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here