१४ वर्षपछि हुँदै रुरु महोत्सव

0
403

गुल्मी – तीन जिल्लाको संगमस्थल ऐतिहासिक क्षेत्र धाम गुल्मीको रुरुस्थित रिडीमा झण्डै एक दशकपछि दोस्रो रुरु महोत्सव हुने भएको छ । पहिलो रूरू महोत्सव २०६२ सालमा आयोजना गरिएको थियो ।
रुरु क्षेत्र गाउँपालिका-१ मा गुल्मी उद्योग बाणिज्य संघ रिडी शाखा र रुरु फ्रेन्डस क्लबको संयुक्त आयोजनामा यही पुस २९ देखि माघ ९ गतेसम्म रुरु महोत्सव हुने भएको हो ।
गुल्मी, पाल्पा र स्याङ्गजाको संगमस्थल रुरुक्षेत्र गाउँपालिकाको रिडीमा माघे संक्रान्तीको अवसरमा मेला पनि लाग्ने गर्दछ । तर, यस वर्ष भने महोत्सव हुने भएको हो ।
रुरु क्षेत्रको धार्मिक, ऐतिहासिक, पर्यटकीय क्षेत्रको प्रचारप्रसारसँगै नेपाल भ्रमण वर्ष र त्यसको प्रभावमा ल्याउनको निम्ति रिडीमा महोत्सव गर्न लागिएको आयोजकको भनाइ रहेको छ ।
महोत्सवको माध्यमबाट रिडीमा झण्डै २ लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष्य समेत राखिएको छ ।
महोत्सवबाट संकलन हुने रकमले रिडीक्षेत्रको बृहतर विकासका लागि खर्च गर्ने र आउँदा वर्षमा गरिने महोत्सवका लागि कोष खडा गरिने सुवर्णलाल कक्षपतिले जानकारी दिए ।
महोत्सवको तयारीका लागि आयोजकले बिभिन्न उपसमितिहरु गठन गरेको छ । मेलामा घरेलु उत्पादन, कृषिउपज प्रर्दशनीमा राखिने छ । मेलामा बिबिध साँस्कृतिक कार्यक्रमसमेत हुनेछ ।
व्यापार तथा धार्मिक पर्यटनका लागि रुकुम, रोल्पालगायतका ठाउँबाट पनि ब्यापारी र सर्बसाधारण रिडी आउने गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here