बिष्णु माझीको आवाजमा ”गिनिजबुक” गीत र भिडियोले चौतर्फी चर्चा कमाउँदै

0
250

नेपाली लोक तथा दोहोरि गीत संगीतकी प्रिय गायिका सबैको मन मुटुमा बस्न सफल उनै बिष्णु माझीको आवाजमा ”गिनिजबुक” बोलको गीत हालै मात्र डिजिटल बजारमा प्रकासित भएको छ । जुन गीतमा बिष्णु माझीलाई गाउनलाई साथ् दिएका छन् राम्रो सम्भावना बोकेका गायक आर सी सापकोटाले । अत्यन्तै मर्मस्पर्सी शब्दहरुले श्रींगार गरिएको यस गीतलाई उत्तिकै न्याय दिएर भाका पनि बनाएका छन् गीतकार तथा संगीतकार रमेश परियारले र संगीत संयोजन गरेका छन् लोकप्रिय गायक तथा संगीत संयोजक बिनोद बाजुरालिले ।
गीतको भिडियो पनि धेरैनै मिहेनेत्का साथ् निर्माण गरिएको निर्देशक मोडेल छायाँकार तथा भिडियोसंग सम्बन्धित व्यक्तित्वहरुको कामलेनै देखाउँछ भिडियो हेर्दाखेरी,

समग्रमा गीत र भिडियो दुवै राम्रो बनेको देखिन्छ । त्यसैलेनै प्रकासित भएको छोटो समयमै गीतले अत्याधिक दर्शक श्रोताहरुको माया पाइरहेको छ ।
भिडियोलाई पछिल्लो पुस्ताका ब्यस्त एबम लोकप्रिय निर्देशक तथा मोडेल काजिश श्रेष्ठले निर्देशन गरेका हुन् , छायांकन सुरेश श्रेष्ठले गरेका हुन् भने आफ्नो कुशल अभिनय द्वारा भिडियोलाई श्रींगारेका छन् पछिल्लो पुस्तामाझ अत्यन्तै लोकप्रिय मोडेल बिमल अधिकारि र सारिका केसीले उनीहरुलाई अभिनयमा साथ् दिएका छन् धुर्व कोइराला, अनिल परियार र बाल कलाकार सदिक्षा परियारले । सोहि गीतको भिडियोलाई पदम सुबेदीको सम्पादनमा मिलन बिकले रंग भरेका हुन् ।
गीतले सबैको मन जित्न सफल होस्, राम्रो बजार पाओस गीत अनि गीत संग सम्बन्धित सपूर्ण श्रष्टा कलाकार तथा प्राविधिकलाई हाम्रोतर्फदेखि पनि सफलताको लाखौँ लाख शुभकामना ।।।
,,,,,,,,,,,,,,,,,,,,,,,,,जय गीत जय संगीत,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

कृपया गीतको भिडियो हेर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ,,,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here