सुबाश रेग्मीको रचनामा बहुप्रतिक्षित गीत ”किन होर ?” सार्वजनिक (हेर्नुहोस भिडियो)

0
665

काठमाडौँ – सयौँ कलाकारहरुलाई विन्ध्यवासिनी म्युजिक प्रालि मार्फत लगानी गरेर स्थापित बनाइसकेका सफल संगीत ब्यबसायी , टेलिभिजन कार्यक्रम प्रस्तोता , गीतकार,मोडेल एबम निर्देशक सुबाश रेग्मीले यसपाली भने आफ्नै शब्द रचनामा एक फरक खालको लोक दोहोरि गीत लिएर बजारमा आएका छन् । विन्ध्यवासिनी म्युजिक प्रालिकै अफिसियल युट्युव च्यानलमार्फत आज प्रकासित यस गीतलाई कलाकार तथा श्रोता दर्शक हरुले व्यग्र प्रितिक्षा गरिरहेका थिए जसको चर्चा परिचर्चा केहि महिना अगाडी देखि नै नेपाली सांगीतिक बजारमा थियो ।
लोकप्रिय गायक बद्रि पंगेनी र गायिका प्रिया भण्डारीको आवाजमा रहेको यस गीतलाई संगीत भने चर्चित संगीतकार श्रीकृष्ण बम मल्लले गरेका हुन् जसमा संगीत संयोजन आशिष अविरलको रहेको छ । गीतको भिडियोलाई लोकदोहरी भिडियोकै महानायक बनेर जनजनको मनमनमा बस्न सफल , सफल अनि लोकप्रिय निर्देशक एबम मोडेल शंकर बिसीले निर्देशन गरेका हुन् भने अभिनय पनि उनै प्रिय निर्देशक शंकर बिसिकै रहेको छ जसलाई साथ् दिएकी छिन अत्यन्तै सम्भावना बोकेकी मोडेल कविता आचार्यले र छायांकन गरेका छन् दुर्गा पौडेलले, सम्पादन चाहिँ नविन घर्ति मगरले ।
गीतको अडियो तथा भिडियो धेरै मिहेनेत गरेर बनाइएकोले राम्रो बजार पाउन सफल हुने गीत निर्माण टिमले बताएको छ ।
समग्रमा हेर्दाखेरी गीत अत्यन्तै राम्रो बनेको छ । निर्माण टिमले भने जस्तै राम्रो बजार पाउनेमा कुनै दुबिधा देखिदैन
हाम्रो तर्फदेखी पनि यस गीत र गीतसङ्ग सम्बन्धित सपूर्ण श्रष्टा कलाकार तथा प्राबिधिक लाइ सफलताको धेरै धेरै शुभकामना ।।।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,जय गीत जय संगीत,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
कृपया गीतको भिडियो हेर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here