प्रेम र विरहले भरिएको हेमन्तको ‘आकाशै ज्यानको’ भिडियो सार्वजनिक

0
201

कुशल सारङ्गीबादक,स्रष्टा,तथा गायक हेमन्त कान्छा रसाईलीको ‘आकाशै ज्यानको’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । गायक हेमन्त कान्छाको निकैनै मर्मस्पर्शी माया प्रेमको भावनाले ओतप्रोत गीतमा चर्चित यूवा गीतकार डी.पी. खनालको उत्कृष्ट मैलिक शब्द संयोजन र हेमन्त कान्छा रसाइलीको स्वर तथा संगीत र सन्जीव बराईलीको संगीत संयोजनमा तयार पारिएको छ ।
अनिल के मानन्धरको निर्देशनमा,गीतको भिडियोलाई निकैनै मेहनतका साथ अनिल स्वयंलेनै खिचेका छन ।मनोज कार्कीको सम्पादन रहेको भिडियोमा रमणीय सुन्दर बाताबरण, खोलानाला झरनाको दृश्यमा कलाकारहरु देवेन्द्र बब्लु,सोनाम मगर, बिशाल घिमिरे,र हेमन्त कान्छाको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।गीतको म्युजिक भिडियोलाई हेमन्त कान्छा रसाइलीको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरिएको हो ।
सांगीतिक बजारमा लोप हुँदै गएको मौलिक सृजनाहरुलाई जोगाउनु पर्छ भन्ने सोचका साथ अगाडि बढेका हेमन्त कान्छाले मौलिक नेपालीपन बोकेका केही फरक सृजनाहरु लिएर दर्शक स्रोतामाझ प्रस्तुत हुने गर्दछन । काचो सुन्तला , बालापन,झुटो माया लगायत थुप्रै हिटगीतहरु नेपाली सांगीतिक बजारमा आइसकेका हेमन्त कान्छा पछिल्लो समय चर्चामा पनि छन् ।
कृपया भिडियो हेर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here