लाम मया छपक्कै भन्दै सार्वजनिक भए गायक प्रेमराजा महत अनि अन्जु पन्त साथमा शंकर र करिस्माको रोमान्स

0
225

काठमाडौं – नेपाली लोक संगीतका एक अभिभाबक सर्बप्रिय एबम बरिष्ट गायक सर्जक प्रेम राजा महतको सब्द संगीत तथा आवाजमा हालै मात्र विन्ध्यवासिनी म्युजिक प्रालिले एक गीत सार्वजनिक गरेको छ । लाम मया छपक्कै बोलको गीतमा बरिष्ट गायक तथा सर्जक महतलाई आवाजमा साथ् दिएकी छिन पछिल्लो पुस्तामाझ अत्याधिक रुचाइएकि सुमधुर स्वरकी धनि उनै सर्बप्रिय गायिका अन्जु पन्तले र संगीत संयोजन गरेका छन् बरिष्ट संगीतकार एबम संगीत संयोजक बीबी अनुरागिले। यस गीतको भिडियो पनि उत्तिकै मिहेनेतका साथ बनाइएको देखिन्छ ।
नेपालि म्युजिक भिडियोका महानायक भनेर चिनिने , लामो समयदेखि लोक संगीत क्षेत्रमा एक छत्र राज गर्दै आएका लोकप्रिय भिडियो निर्देशक तथा अभिनेता शंकर बिसीले यस गीतलाई निर्देशन गरेका छन् भने अभिनय पनि उनै निर्देशक तथा अभिनेता बिसिकै रहेको छ। जसलाई साथ् दिएकी छिन नेपाली चलचित्र क्षेत्रकी सदाबहार नायिका करिस्मा मानन्धरले ।
दुर्गा पौडेलको छायांकन तथा नवीन घर्ति मगरको सम्पादन रहेको उक्त भिडियोलाई सार्बजानिक भएको छोटो समयमै धेरै दर्शक हरुले मन पराइरहेको देखिन्छ । लोक संगीत क्षेत्रका एक अभिभाबक बरिष्ट गायक तथा सर्जक प्रेमराजा महतको गीतलाई आफुले बजार ब्यबस्थापन गर्न पाउदा आफुहरु गौरवाम्बित भएको विन्ध्यवासिनी म्युजिक प्रालिका संचालक सुबाश रेग्मीले प्रतिक्रिया दिएका छन् । साथै गीतको प्रचार प्रसारमा आफुहरुले कुनै कसुर बाकि नराख्ने पनि उनले बताएका छन् ।
सबै तवरबाट सर्बोत्कृष्ट बनेको एक सर्बोत्कृष्ट हस्ती प्रेमराजा महतको यो गीत तथा गीतसङ्ग सम्बन्धित सम्पूर्ण श्रष्टा कलाकार तथा प्राविधिकहरुलाई हाम्रो तर्फ बाट पनि धेरै धेरै सफलताको शुभकामना ।।।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,जय गीत जय संगीत,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

कृपया यस गीतको भिडियो हेर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here