सीमा अतिक्रमणका सवालमा सरकारले खेल्ने जिम्मेवार भूमिकामा प्रतिपक्षी दलको साथ रहने बरिष्ठ नेता पौडेलको भनाइ

0
26

धनकुटा – कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सीमा अतिक्रमणका सवालमा सरकारले खेल्ने जिम्मेवार भूमिकामा प्रतिपक्षी दलको साथ रहने बताएका छन् । प्रधानमन्त्रीले भारतीय समकक्षीसँग वार्ता गर्न ढिलाई गरेको भन्दै उनले नेपालको अखण्डता जोगाउन प्रधानमन्त्रीले कूटनीतिक क्षमता प्रदर्शन गर्नुपर्ने समेत सुझाएका छन् ।
प्रदेश नम्बर १ को भ्रमणका क्रममा धनकुटामा रहेका वरिष्ठ नेता पौडेलले बुधबार पत्रकारसँगको भेटमा उक्त कुरा बताएका हुन् । ‘सीमा अतिक्रमण हुँदा सरकारको भूमिका जति हुनु पर्ने उति हुन सकेको छैन’, उनले भने, ‘कूटनीतिक पहल गर्न ढिलाई गर्न हुन्न ।’ सरकारले भारतीय सरकारसँग सिधै वार्ता गरेर समस्या टुंग्याउन पहल गरे प्रतिपक्षी दल साथमा रहने उनको भनाइ रहेको थियो ।
फरक प्रसंगमा नेता पौडेलले सरकार समृद्धिको हावादारी कुरामा अलमलिएको आरोप समेत लगाएका छन् । पानी जहाज, रेलको कुरामा अल्झिएर सरकार महत्व दिनु पर्ने काममा नलागेको उनको कथन थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here