घुस सम्बन्धी व्यंगात्मक गीत ‘खानदेउ ‘ लिएर आए गायक बिनोद यादव

0
297

गीत रचना गर्नु भनेको शब्दमा प्राण भर्नु हो त्यस माथि पनि घुस , भ्रस्टाचार र समाजमा रहेका बेथितिका धेरै शब्दहरु र त्यो अनुसारको संगीत अनि त्यसमा राखिने स्वरको समिश्रण पक्कै पनि सजिलो कार्य होइन एउटा गीतको शब्द संगीत र आवाज तयार गरेर पनि धेरै सर्जकहरु ओझेल पर्ने गरेको धेरै सुनिने गरिन्छ ।तर प्रोफेसर बिनोद यादव त्यस्ता भाग्यमानी सर्जक हुन् जो निरन्तर पृथक स्वादका मिठा मिठा गीत संगीत दर्शक स्रोता माझ प्रस्तुत गरेर छोटो समयमै सफल भएका गायक हुन । नेपालका विभिन्न शिक्षण संस्थामा सफल रुपमा अध्यापन र त्यसको संचालन गरिरहेका प्रोफेसर बिनोद यादवको नयाँ घुस सम्बन्धी गीत ‘खानदेउ ‘को म्युजिक भिडियो सार्वजनिक भएको छ । बिनोद यादवकै शब्द संगीत र आवाजमा तयार भएको गीत ‘खानदेउ ‘को भिडियोमा बिनोदकै अभिनय रहेको छ। अहिलेको नेपालको वस्तुस्थिति घुस , भ्रस्टाचार र समाजमा रहेका बेथितिका धेरै कुराहरु समाबेश गरिएको भएर दर्शकले गीतलाई मन पराइ रहेका कमेन्टहरु आएका छन् । रामशरण उप्रेतीको सिनेमाटोग्राफी र सिल्भरमुनको सम्पादन रहेको भिडियोमा देव डीको निर्देशन रहेको छ।

,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,जय गीत जय संगीत,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

कृपया गीतको भिडियो हेर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ।।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here