‘तरुनी ‘लिएर आए लोकपप गायक रोज मोक्तान

0
294

गीत रचना गर्नु भनेको शब्दमा प्राण भर्नु हो त्यस माथि पनि धेरै नेपाली मौलिक ठेट शब्दहरु र त्यो अनुसारको संगीत अनि त्यसमा राखिने स्वरको समिश्रण पक्कै पनि सजिलो कार्य होइन एउटा गीतको शब्द संगीत र आवाज तयार गरेर पनि धेरै सर्जकहरु ओझेल पर्ने गरेको धेरै सुनिने गरिन्छ । तर रोज मोक्तान त्यस्ता भाग्यमानी सर्जक हुन् जो दशकौ देखि निरन्तर पृथक स्वादका मिठा मिठा मौलिक गीत संगीत दर्शक स्रोता माझ प्रस्तुत गरिरहेका सफल गायक संगीतकार हुन ।उनै गायक रोज मोक्तानको नयाँ लोकपप गीत ‘तरुनी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । रोजकै शब्द संगीत र आवाजमा तयार भएको गीत ‘तरुनी’को भिडियोमा रोज निरन्जली लामा र नग्मा श्रेष्ठको अभिनय रहेको छ।
उत्सव दाहालको सिनेमाटोग्राफी र विकास दाहालको सम्पादन रहेको भिडियोमा युवराज वाईबाको निर्देशन रहेको छ।

रामेछापको सुनापाती गाउँपालिकाको भिरकोटमा जन्मिएका रोजले २०४९ सालमा रेडियो नेपालबाट भ्वाइस टेस्ट पास गरेर गायन छेत्रमा प्रबेश गर्ने बाटो खोलेका थिए भने ०५२ सालमा तामाङ भाषाको पहिलो एल्बमबाट औपचारिक गायन सुरु गरेका रोजको नेपाली भाषाका एल्बम डब्फुरे, चेप्टे सुन, सम्धिनी, मौलिकता र तामाङ भाषाको र नेपाली गरी ११ वटा एल्बम निकालिसकेका छन् । नेपाली र तामाङ भाषाका चलचित्रका अलवा थुप्रै कलेक्सन एल्बममा समेत स्वर दिएका रोज देश बिदेशका स्टेज कार्यक्रममा धेरै व्यस्त हुने गायकको सुचिमा पर्छन।
झमझम स्टकोट…, कलकत्ते काइयो…,झिम्काइ देउ परेली…, हेलम्बुको बजारमा।।,हिउ पर्यो फुरुरु…,रातो रातो गाला।।,आँखाको रमझम…,यानी माया…,लगायत करिब पाच सय जति नेपाली र त्यतिकै हाराहारीमा विभिन्न भाषामा गीत गाइसकेका छन ।

सबै तवरबाट उत्तिकै उत्कृष्ट बनेको यस गीत र गीतसङ्ग सम्बन्धित सम्पूर्ण श्रष्टा कलाकार तथा प्राविधिकलाई हाम्रोतार्फदेखी पनि सफलताको लाखौँ लाख शुभकामना ।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,जय गीत जय संगीत,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

कृपया भिडियो हेर्नका लागि तल दिएको लिंकमा क्लिक गर्नुहोला ।।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here