एसिया कप २०१९ मा भारत विरुद्धको खेलमा १ सय ९३ रनमा समेटियो नेपाल

0
8

काठमाडौँ – एसीसी इमर्जिङ टिम्स एसिया कप २०१९ मा भारत विरुद्धको खेलमा नेपाल १ सय ९३ रनमा समेटिएको छ ।
टस हारेर ब्याटिङमा उत्रेको नेपाल ४४.५ ओभरमा अलआउट हुन पुग्यो ।नेपालका लागि पवन शर्राफले सर्वाधिक ५६ रन बनाएका थिए भने शरद भेष्वाकरले ४४ रनको योगदान दिए ।
शर्राफले ४९ बलमा ७ चौका र २ छक्का हिर्काए । यस्तै कुशल भुर्तेलले २८ रन बनाउँदा करण केसीले २० रन बनाए ।
अन्य खेलाडीले भने दोहोरो अंकमा रनसमेत जोड्न सकेनन् । कप्तान ज्ञानेन्द्र मल्ल शुन्य रनमा आउट भए । भारतका लागि सौरभ दुवेले ४ तथा यश राठोरले ३ विकेट लिए । पार्थ रेखादेले २ विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here