पेस्तोल र गोली सहित दुइ जना पक्राउ

0
29

चितवन – राप्ती नगरपालिका–६ हर्दीबाट १ थान पेस्तोल र ५ राउण्ड गोलीसहित दुइ जना पक्राउ परेका छन् ।‘मेड इन युएसए’ लेखिएको अटोमेटिक १ थान पेस्तोल र ५ राउण्ड गोलीसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिएका छन् । यस्तै पक्राउ पर्ने हरुमा दाङ तुल्सिपुर नगरपालिका–१२ का ३७ वर्षीय मधुकर केसी र सल्यान रिम गाउँपालिका–५ का ३३ वर्षीय नारायण बुढाथोकी रहेका छन् ।
बा८५प ८०८४ नम्बरको मोटरसाइकलमा आएका सवार उनीहरुले इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीलाई देख्नासाथ भाग्न खोजे पश्चात दुवैलाई नियन्त्रणमा लिई खोज तलासी गर्दा ५ राउण्ड गोली लोड भएको उक्त पेस्तोल फेला पारेको हो ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here