रन्जित पौडेल, बुद्धी तमाङ र पूजा शर्मा अभिनित ‘पोइ भने हुन्छ ‘ सार्बजनीक

0
258

काठमाडौं – गीतकार बेनु मैनालीले ‘पोइ भने हुन्छ ‘ बोलको गीत सार्वजनिक गरेका छन। गीतकार मैनालीले गीतको भिडियो आफ्नै यूटुब च्यानल इट्टाघरे प्रोडक्सन मार्फत सार्बजनीक गरेका हुन। चर्चित गायिका मेलिना राइ र गायक निशान भट्टराइको यूगल स्वर रहेको गीत माया ‘पोइ भने हुन्छ‘ मा संगीतकार सन्तोश सुनारको संगीत रहेको छ भने संगीत संयोजन कमल सौरागको रहेको छ। गीतको मिक्सिङ अनी मास्टरिङ्ग भने श्याम श्वेत रसाइलीले गरेका हुन । चर्चित चलचित्र तथा भिडियो निर्देशक निकेश खड्काको रहेको उक्त गीतमा हास्यकलाकार तथा अभिनेता बुद्धी तमाङ (हैट) अभिनेत्री पूजा शर्मा साथै भि जे तथा अहिलेका ब्यस्त मोडल रन्जित पौडेलको अभिनय देख्न सकिन्छ। भिडियोको कोरियोग्राफी शुबोल थापाले गरेका हुन भने निकेश खड्का ले निर्देशन गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here