​राष्ट्रपति भण्डारीले जारी गरिन् राजनीतिक दलसम्बन्धी अध्यादेश

0
16

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी द्वारा राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी भएको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले सिफारिस गरेको उक्त अध्यादेशले राजनीतिक दललाई फुटाउन सहज हुने व्यवस्था गरिएको छ ।
नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले दिउँसो १ः१० अध्यादेश प्रमाणीकरण गरेको राष्ट्रपतिका स्वकीय सचिव डा।भेषराज अधिकारिले जनाएका छन् । यसअघि कम्तीमा ४० प्रतिशत सदस्य पुगेमात्रै दल फुटाउन पाइने व्यवस्था भएकोमा अब भने राजनीतिक दलसम्बन्धी ऐन संशोधन अध्यादेशमा पार्टी केन्द्रीय समिति वा संसदीय दलमध्ये एउटामा २० प्रतिशत मत पुर्याएमा पार्टी विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here