​म्यान्मार सैन्य ‘कू’ : सेनाको दमन बढ्दो, एकैदिन ३८ प्रदर्शनकारीको मृत्यु

0
359

एजेन्सी – म्यान्मारको सैन्य कू विरुद्ध चलिरहेको आन्दोलनमा आइतबार ३८ जनाको मृत्यु भएको छ । देशका विभिन्न शहरमा भएका प्रर्दशनमा त्यहाँको सुरक्षा फौजले चलाएको गोली लागि ३८ जनाको मृत्यु भएको हो । आइतबारको दिनलाई सैन्य कू भएयताकै सबैभन्दा घातक दिनको रूपमा लिइएको म्यानमारका अभियानकर्मीहरूले बताएका छन्। द एसिस्टेन्स एशोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी) ले मुख्य शहर याङ्गुनको एउटा औद्योगिक क्षेत्रमा भएको झडपमा कम्तीमा २१ प्रदर्शनकारीहरू मारिएको जनाएको छ। बाँकी मृत्यु देशका विभिन्न भागमा भएका हुन्। याङ्गुनमा प्रदर्शनकारीहरूले लाठी र छुरीको प्रयोग गरेपछि सुरक्षा फौजले गोली चलाएको थियो। त्यहाँको एक औद्योगिक क्षेत्रमा चिनियाँ व्यवसायमाथि हमला भएपछि याङ्गुनको धेरैजसो भागमा सैन्य कानून लागु गरिएको जनाइएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here