​मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आउने भएपछि गण्डकी प्रदेश सभाको अधिवेशन अन्त्य

0
146

काठमाडौं – गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको अधिवेशन अन्त्य गरेका हुन् । गण्डकी प्रदेशमा नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर अविश्वासको प्रस्ताव ल्याउने तयारीमा थिए । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुन लागेको सूचना पाएपछि मुख्यमन्त्री गुरुङले प्रदेश सभाको अधिवेशन अन्त्य गर्न सिफारिस गरेका हुन् । अधिवेशन अन्त्यको सूचना प्रदेश सभा सचिवालयमा पुगिसकेको प्रदेश सभाका सचिव हरिराज पोखरेलले जानकारी दिएका छन् । यही चैत २५ गतेदेखि मात्रै गण्डकी प्रदेश सभाको विधेयक अधिवेशन शुरु भएको थियो । अधिवेशन आह्वान भएपछि ३ दिन चलेको संसद वैशाख ६ गतेसम्मका लागि स्थगित थियो ।

स्रोत: Newssewa

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here