​बेपत्ता भएको आठौं दिनमा मृत फेला परे प्रहरी हवल्दार

0
20

काठमाडौं – ​पाँचथरमा बेपत्ता भएको आठौं दिनमा नेपाल प्रहरीका हवल्दार मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय यासोकमा कार्यरत खगेन्द्र श्रेष्ठ आइतबार बेलुकी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । जिल्ला प्रहरी प्रमुख रहेका प्रहरी नायव उपरीक्षक (डीएसपी) राकेश थापाका अनुसार कुम्मायक गाउँपालिका–१ को ओर्दिनमा हवल्दार श्रेष्ठ मृत फेला परेका हुन् । पोष्टमार्टका लागि उनको शव जिल्ला अस्पताल लगिएको छ । ३ वैशाखको बेलुकीदेखि उनी बेपत्ता थिए । उनको हत्या कि आत्महत्या हो भन्ने खुल्न बाँकी रहेको डीएसपी थापाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here