​एउटा स्याउ बराबर तौल भएकी ‘विश्वकै सानो’ शिशु १३ महिनापछि फर्किन् घर

0
14

एजेन्सि – जन्मिँदा विश्वकै सानो भनिएकी एक शिशु १३ महिना सिंगापुरको एक अस्पतालमा उपचारपछि घर फर्किएकी छन् । क्वेक यू सुवान जन्मिदा मात्र २१२ ग्राम, करिब एउटा स्याउको तौल बराबर, थिइन् । उनको उचाइ मात्र २४ सेन्टिमिटर थियो । सामान्यतः ४० हप्तामा जन्मिनुपर्नेमा उनको जन्म मात्र २५ हप्तामा भएको थियो । टाइनिएस्ट बेबी रजिस्ट्रीअनुसार यसअघि सन् २०१८ मा अमेरिकामा २४५ ग्राम तौल भएकी शिशुको जन्म भएको थियो । आमालाई प्री–इक्लामप्सिया देखिएपछि यू सुवानलाई आपत्कालीन सी–सेक्सनबाट चार महिनाअघि नै जन्म दिइएको थियो । प्री–इक्लामप्सियामा उच्च रक्तचाप हुने गर्दछ जसले मानिसको महत्त्वपूर्ण अङ्गहरूमा क्षति पुग्न सक्छ । यसले आमा र बच्चा दुवैलाई खतरा हुने देखिएपछि समयअगावै शिशुलाई जन्म दिने निर्णय गरिएको थियो । अहिले भने यू सुवान निकै स्वस्थ छिन् । उनको तौल पनि अहिले ६.३ किलो पुगेको छ । उनको उपचारका लागि विश्वभरबाट २ लाख ७० हजार डलर सहयोग प्राप्त भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here