​उपेन्द्रले बोलाए संसदीय दलको विधानमाथि छलफलका लागि बैठक

0
21

काठमाडौं – जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष) को संसदीय दलको बैठक मंगलबार बोलाइएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्न लागेको बैठकमा दलको विधान, संसदीय दलको नेता चयन, सरकार गठन लगायतको विषयमा छलफल हुने बताइएको छ । यादव पक्षले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेपछि मन्त्री चयन गर्ने प्रकृया सुरु गरेको छ । त्यसअघि संसदीय दलको विधान तयार गरी नेता चयन गर्ने कार्य सुरु गरेको हो । जसपाका प्रतिनिधिसभा सदस्य एवं कार्यकारिणी सदस्य महेन्द्र राय यादवले बैठकमा दलको विधानको बारेमा छलफल गरेर त्यसलाई पारित गरेपछि मात्र संसदीय दलको नेता चयनको प्रकृया जाने बताए ।
उता, जसपा महन्थ ठाकुरको पक्षले यसअघि नै संसदीय दलको नेता राजेन्द्र महतोलाई बनाएको थियो । बहुमत प्रतिनिधिसभा सदस्यको हस्ताक्षरबाट महतोलाई संसदीय दलको नेता बनाइएको दावी गरिँदै आएको छ । जसलाई उपेन्द्र यादव पक्षले विरोध गर्दै आएको छ । जसपाको विवाद अहिले निर्वाचन आयोगमा पनि विचाराधीन छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here