९ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्दै अभियान लघुवित्त

0
19
Text IPO made of wood cubes on white textured putty background. Abbreviation of 'Initial public offering'. Square wood blocks. Top view, flat lay.

काठमाडौं – गत शनिबार सम्पन्न अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको दोश्रो वार्षिक साधारणसभाले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने प्रस्ताव पारित गरे अनुसार अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर जारी गर्ने भएको छ । संस्थाले अब ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाउनेछ । आईपीओ जारीपश्चात संस्थाको चुक्तापूँजी २५ करोड रुपैयाँ पुग्नेछ । अहिले रेटिङको काम गराइरहेको सो संस्थाले जानकारी दिएको छ । आर्थिक वर्ष २०७७÷७८ को वित्तीय विवरण अनुमोदन गर्नुका साथै संस्थाले अन्य ईजाजत–पत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थासँग एक–आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति÷समाहित हुने प्रयोजनका लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्ने,वार्ता गर्ने,सहमतिपत्रमा हस्ताक्षर गर्ने,सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष निवेदन दिने लगायत कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ । कम्पनीको चुक्तापूँजी १५ करोड २५ लाख रुपैयाँ रहेको छ भने सर्वसाधारणलाई आईपीओ जारी गरेपश्चात् चुक्तापूँजी २५ करोड रुपैयाँ पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here