७६ सय टनको विशाल भवनलाई उचालेर सारियो (भिडियो सहित)

0
18

काठमाडौं- ७६ सय टनको विशाल भवनलाई उचालेर सारियो भन्दा तपाइँलाई अचम्म लाग्नसक्छ। तर यो चीनमा सम्भव देखिएको छ। चीनको सांघाई शहरका इन्जिनियरले ७ हजार ६ सय टनको एउटा विशाल भवनलाई उठाएर अर्को स्थानमा सारेका छन्। उनीहरूले सन् १९३५ मा बनेको लागेना प्राथमिक विद्यालको ५ तले भवनलाई प्रविधि प्रयोग गरी उठाएर केही पर सारेका हुन्।
स्थानीय प्रशासनका अनुसार यस पुरानो भवननजिकै नयाँ आयोजना सुरु भएको छ। त्यसैका लागि यो भवन अलि पर सार्नुपरेको हो। चीनका इन्जिनियरसँग यो भवन भत्काउने विकल्प पनि थियो, तर उनीले यस पुरानो भवनलाई जस्ताको तस्तै केही टाढा सार्ने निर्णय गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here