७० वर्षका एक पुरुषले गरे आफ्नै कान्छी श्रीमतीको हत्या, हत्यापछि आत्महत्याको प्रयास

0
6

उदयपुर – ७० वर्षका एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन् । उदयपुरको लिमचुङबुङ गाउँपालिका–५ स्थित जाँते घर भएका सन्तुबहादुर राईले ५६ वर्षकी कान्छी श्रीमती चतुरमाया राईको हत्या गरेका हुन् । सन्तुले खुकुरीले घाँटी रेटेर श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ। कार्तिक ३० मा राती श्रीमतीको हत्या गरेर सन्तुले आत्महत्याको प्रयास गरेका छन् । आफैंले घाँटी रेटेर घाइते भएको अवस्थामा स्थानीयले उनलाई फेला पारेका थिए । प्रहरीको निगरानीमा उनको वीपी कोइराला स्वास्थ्य प्रतिष्ठान, धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ। कान्छीलाई धेरै माया गरेको तर, आफुसँग नबसेर छुट्टै बस्न थालेपछि उनलाई चित्त नबुझेर हत्या योजना बनाएको प्रहरीका प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । चतुरमाया दशैँपछि जेठो छोराको घरमा बस्न थालेकी थिइन् । छुट्टै बस्नुअघि उनीहरुको बीचमा झैझगडा पनि भएको थियो । झगडा गरेर छुट्टै बसेपछि श्रीमतीलाई शंका गर्न थालेका थिए । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुरमा राखिएको छ । चतुरमायाको हत्यापछि आरोपीले जेठी श्रीमतीको घरमा आएर आत्महत्याको प्रयास गरेका हुन् ।

(स्रोत : रातोपाटी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here