६ किलोमिटर सडक ६ वर्षसम्म अधुरै

0
9

गुल्मी- विकास निर्माणको काममा हुने ढिलासुस्तीको नमुना गुल्मीको तम्घास-रेसुङ्गा सडकलाई हेरे मात्र पुग्छ । यहाँको ६ किलोमिटर सडक कालोपत्रेको काम ६ वर्षसम्म पनि अधुरै छ । जिल्लाको सदरमुकाम तम्घासबाट रेसुङ्गा जानका लागि मात्र ६ किलोमिटरको दुरी छ । सडक कालोपत्रेका लागि वि।सं। २०७४ मा सम्झौता भई अगाडि बढे पनि हालसम्म सडक निर्माणको काम नसकिएको हो । यस सडक निर्माणका लागि सडक पूर्वाधार विकास कार्यालय गुल्मी र आशिष शेर्पा रामेछाप जेभीअन्तर्गत रामेछाप शेर्पा कन्स्ट्रक्सन प्रा।लि।बीच सम्झौता भएको थियो । कुल १७ करोड १८ लाख बजेटमा निर्माणको काम थालिएको यो सडकले अझै पूर्णरुप पाउन सकेको छैन् । यस सडकलाई विभिन्न बहाना बनाएर पटकपटक म्याद थप गर्दा निर्माणमा ढिलासुस्ती भएको हो । आजको कारोबार दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here