६ करोड डोज कोरोनाविरूद्धको खोप अरू मुलुकलाई बाँड्ने अमेरिकाको घोषणा

0
24

काठमाडौं – अमेरिकाले ६ करोड डोज कोरोनाविरूद्धको खोप अरू मुलुकलाई बाँड्ने घोषणा गरेको छ । अमेरिकी खाद्य तथा औषधि नियामक निकाय फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) ले सुरक्षा मूल्याङ्कन सम्पन्न गरेपछि आस्ट्राजेनेकाको खोप अरू मुलुकलाई बाँड्ने घोषणा गरेको हो । कयौँ मुलुकमा खोप नपाइरहँदा अमेरिकाले खोप थुपारेको भन्दै चर्को आलोचना भएपछि उसले ६ करोड डोज खोप केही महिनाभित्रै निर्यात गरिने जनाएको हो । विश्वभरि आस्ट्राजेनेकाको खोप प्रयोग भइरहेको भएता पनि अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए)ले सो खोपलाई अझै स्वीकृति दिएको छैन । गत महिना राष्ट्रपति जो बाइडनले मेक्सिको तथा क्यानडालाई ४० लाख मात्रा आस्ट्राजेनेका खोप दिने प्रतिबद्धता जनाएका थिए । प्रेस सम्मेलनमा बोल्दै ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले एफडिएका अधिकारीहरूले ती खोपको गुणस्तर परीक्षण गरेर मात्र निकासी गरिने जनाएको बीबीसीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here