६३४ स्थानीय तहको नतिजा घोषणा,११९ स्थानीय तहको नतिजा आउन बाँकी

0
21

काठमाडौं- एक साता अघि सम्पन्न भएको स्थानीय तह निर्वाचनको नतिजा आउने क्रम जारी छ । शुक्रबार बिहान ११ बजेसम्म ६३४ स्थानको नतिजा घोषणा भएको हो । अब ११९ स्थानीय तहको नतिजा आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार केही स्थानको मतगणना सुरु हुन बाँकी रहेपनि अधिकांश स्थानको मतगणना अन्तिम चरणमा पुगेको छ । महानगरपालिकाको गणना जारी रहेपनि धेरै मत रहेकाले अझै केही दिन लाग्न सक्ने देखिएको छ । आयोगका अनुसार अहिलेसम्म सबैभन्दा धेरै स्थानीय तह काँग्रेसले जितेको छ भने दोस्रो स्थानमा एमाले र तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here