५ साउनदेखि ५ दिनसम्म भीषण वर्षा हुने पूर्वानुमान, सतर्क रहन मौसम विभागको अपिल

0
16

काठमाडौं – मनसुन सक्रिय भएसँगै देशका अधिकांश स्थानमा साउन ५ देखि ९ सम्म पुनः भारी वर्षा हुने अनुमान गरिएको छ । यो अवधिमा देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार एक हप्ताअघि भएको वर्षाभन्दा ५ साउनबाट झन् ठूलो वर्षा हुनसक्ने छ ।
प्रदेश नम्बर १, प्रदेश नम्बर २, बाग्मति प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का धेरै क्षेत्रमा भारी वर्षा हुने भएकाले सतर्क रहन मौसम विभागले अपिल गरेको छ ।
भारी वर्षासँगै सडक तथा हवाई यातायात अवरुद्ध हुन सक्ने, विभिन्न ठाउँमा बाढी, पहिरो जानुका साथै डुवान हुन सक्ने भएकाले सचेत हुन विभागले भनेको छ । बाढीपूर्वानुमान महाशाखाले पनि साउन ५ देखि ९ गतेसम्म बाढी जोखिम उच्च भएकाले सतर्क रहन भनेको छ ।
उसले निकालेको बाढी पूर्वानुमान बुलेटिनमा लेखिएको छ- आगामी साउन ४ गतेदेखि देशैभरका नदीमा बहाब बढ्ने छ । साउन ५ देखि ९ सम्म कन्काइ, कोशी, कमला, बागमती, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई र यसका साहयक नदि लगायत प्रदेश १, २ बागमती, गण्डकी र प्रदेश ५ का चुरे तराइ भइ बहने नदिमा बहाब उल्लेख्य बढ्ने छ ।ु
सर्तकता आसपासदेखि खतरासम्म पुग्ने भएकाले नदीतटिय क्षेत्रका कृयाकलाप रोक्न र सतर्क हुन बाढी पूर्वानुमा महाशाखाले अपिल गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here