४२८५ जनाको धरौटी जफत

0
13

काठमाडौं- मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिएका ४ हजार २८५ जनाको धरौटी रकम जफत भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गर्न बुधबार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यस्तो जानकारी दिएका हुन् । आयोगका अनुसार प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फ १ हजार ७७२ पुरुष र १८९ महिलासहित १ हजार ९६१ तथा प्रदेश सभा सदस्य प्रत्यक्षतर्फ २ हजार ८६ पुरुष, २३७ महिला र एक अन्यसहित २ हजार ३२४ जनाको धरौटी रकम जफत भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा दुवैतर्फ गरी ७६.०४ प्रतिशत उम्मेदवारको धरौटी जफत भएको हो । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत सदर मतको १० प्रतिशतभन्दा कम पाउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ । आजको नागरिक दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here